You are viewing the translated version of कर निर्धारणको सूचना.

Section 102
कर निर्धारणको सूचना
विभागले देहायका कुराहरु खुलाई दफा १०० को उपदफा (२) वा दफा १०१ बमोजिम गरेको कर निर्धारणको लिखित सूचना कर निर्धारण गरिएको व्यक्तिलाई दिनु पर्नेछ ।

(क) कर निर्धारणसँग सम्बन्धित आय वर्ष वा अवधिको लागि दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नुपर्ने र दाखिला गर्न बाँकी निर्धारित कर,

(ख) खण्ड (क) मा उल्लिखित कर निर्धारणमा कर गणना गरिएको तरिका,

(ग) विभागले कर निर्धारण गर्नु परेको कारण,

(घ) दाखिला गर्न बाँकी निर्धारित कर दाखिला गर्नुपर्ने समय, र

(ङ): कर निर्धारण उपर चित्त नबुझेमा उजूरी गर्ने समय, स्थान र तरिका ।